आज यी नदीमा पानीको बहाव बढ्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज यी नदीमा पानीको बहाव बढ्ने


२१ असार २०७८, सोमबार


काठमाडौँ । आज देशका मुख्य तथा सहायक नदीहरूमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज नारायणी नदीका सहायक नदीहरूमा पानीको बहाव केही बढ्ने र केही साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

आज कन्काई, कमला, वाग्मती र तिनाउ जलाधारका स–सना सहायक नदीहरूमा पनि बहाव केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने तथा कोसी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ । पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा बहाव सामान्य रहने छ । आजको मापन अनुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा कम नै रहेको छ ।

ओखलढुङ्गा, खोटाङ, भोजपुर, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर, परासी, रुपन्देही, पाल्पा, दाङ, बर्दिया, बाजुरा, अछाम, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस