बागमती प्रदेश सभा बैठक आज « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागमती प्रदेश सभा बैठक आज


२१ असार २०७८, सोमबार


काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार दुई पटक स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

प्रदेश सभा बैठक पटक पटक स्थगित हुँदै आएको छ । विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । आइतबार सहमतिको लागि सर्वदलीय बैठक बसेको थियो । सोमबारको बैठकमा पुनः विनियोजित बजेट शीर्षकमा छलफल गर्ने सहमति भएको छ ।

बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँ, विवेकशीलका रमेश पौड्याल र सत्तारुढ दलका दीपक निरौला सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस