परीक्षामा अनियमितता गरेको देखिएपछि उत्तरपुस्तिका रद्द, दुई वर्ष उम्मेदवार हुन नपाउने गरी कारबाही « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

परीक्षामा अनियमितता गरेको देखिएपछि उत्तरपुस्तिका रद्द, दुई वर्ष उम्मेदवार हुन नपाउने गरी कारबाही


२१ असार २०७८, सोमबार


काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले एक परीक्षार्थीको परीक्षा रद्द गरी दुई वर्षसम्म आयोगको कुनै पनि परीक्षामा उम्मेदवार बन्न नपाउने गरी कारबाही गरेको छ ।

आयोगले स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह चौथो तहको अहेब पदको परीक्षा दिएकी परीक्षार्थी श्रृजना रिमालकाे परीक्षा रद्द गरी दुई वर्ष कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरेको छ ।

आयोगका अनुसार अन्यत्र परीक्षा केन्द्र तोकिएको भएपनि श्रृजनाले आफ्नो श्रीमान् प्रधानाध्यापक रहेको स्कुल तथा आफ्नै परिवारको सदस्य समन्वयकर्ता रहेको केन्द्रमा उपस्थित भई छुट्टै कोठामा परीक्षा दिएको प्रमाण एवं कागजातहरूबाट खुल्न आएको छ ।

प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ५७ बमोजिम उनले दिएको परीक्षाको उत्तरपुस्तिका रद्द गरी आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा दुई वर्षसम्म उम्मेदवार हुन नपाउने गरी निलम्बन गर्ने निर्णय प्रदेश लोकसेवा आयोगले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस