प्रतिपक्षीको विरोधका कारण प्रदेश नं १ प्रदेशसभा बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिपक्षीको विरोधका कारण प्रदेश नं १ प्रदेशसभा बैठक स्थगित


२० असार २०७८, आइतबार


मोरङ । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १६ औँ बैठक आज पनि स्थगित भएको छ ।

निर्धारित समयभन्दा एक घण्टा ढिलो शुरु भएको बैठकमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएपछि उपसभामुख सरस्वती पोखरेलले बैठक स्थगित गरेकी हुन् ।

प्रदेशसभाको अर्को बैठक असार २१ गते सोमबार दिउँसो २ बजे बस्ने छ । आजको बैठकमा प्रदेशसभा नियावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस