शिक्षामन्त्री श्रेष्ठविरुद्ध जातीय विभेद आरोपमा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शिक्षामन्त्री श्रेष्ठविरुद्ध जातीय विभेद आरोपमा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट


२० असार २०७८, आइतबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

तनहुँकी रुपा सुनारले आइतबार शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।

रिटमा शिक्षामन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय बबहरमहल, महानगरीय प्रहरी वृत सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ ।

थरको कारण देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।

शिक्षामन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीवाला गाडीमा हालेर घरसम्म पुर्‍याएको भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस