एमालेको विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म हुने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एमालेको विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म हुने


१९ असार २०७८, शनिबार


काठमाडौँ । नेकपा (एमाले) को विधान महाधिवेशन साउन २५ देखि हुने भएको छ । केन्द्रीय समितिको सर्वसम्मतिले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए ।

विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष ओलीको नेतृत्वमा कमिटी गठन भएको हो । विधान महाधिवेशन व्यवस्थापनका निम्ति रामबहादुर थापाको नेतृत्वमा समिति गठन भएको थापाले बताए ।

संगठनात्मक प्रतिवेदन लेख्नका लागि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन भएको छ । आगामी भदौ ५ गते वडा तहको अधिवेशन र भदौ १५ गते पालिकास्तरको अधिवेशन गर्ने निर्णय भएको पनि उनले बताए ।

शुक्रबार सुरु भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस