मुख्य नदीहरूमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मुख्य नदीहरूमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह


प्रशासन संवाददाता

१९ असार २०७८, शनिबार


काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षाका कारण देशका मुख्य नदीहरूमा पानीको बहाव बढिरहेकोले जोखिमपूर्ण क्षेत्रहरूमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

पूर्वको इलाम, झापा, मोरङ तथा सुनसरीमा निरन्तर वर्षा भइरहेकाे छ । नदीहरूमा पानीको बहाव बढिरहेको र खोलाहरूमा बाढी आउने तथा होचो ठाउँहरूमा डुबान हुन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन विभागले मोबाइलको एसएमएसमार्फत आग्रह गरेको हो ।

मेची विरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने र होचो भूभागमा डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस