इन्जिनियरिङ तथा कृषि सेवा समूहको रा.प. द्धितीय श्रेणीको दरखास्त सङ्कलन सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इन्जिनियरिङ तथा कृषि सेवा समूहको रा.प. द्धितीय श्रेणीको दरखास्त सङ्कलन सुरु


१९ असार २०७८, शनिबार


काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवा तथा कृषि सेवाका विभिन्न समूहको दरखास्त सङ्कलन सुरु गरेको छ ।

आयोगबाट २०७७ असोजमा प्रकाशन भई स्थगनमा रहेका नेपाल इन्जिनियरिङ तथा कृषि सेवाका विभिन्न समूहमा राज पत्रांकित द्धितीय श्रेणीको दरखास्त सङ्कलन सुरु गरिएको हो ।

आयोगको शुक्रवारको निर्णय अनुसार १८ गतेदेखि दरखास्त लिने कार्य सुरु भएको जनाइएको छ ।

दरखास्त पूर्व निर्धारित विधिबाट दिन सकिने सूचनामा भनिएको छ । अनलाइनमार्फत यस पूर्व दरखास्त पेस गरी दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारहरुलेसमेत सूचनामा उल्लेख भएबमोजिम दोब्बर दस्तुर मितिको भोलिपल्टसम्म परीक्षा दस्तुर बुझाइसक्नुपर्ने छ ।

परीक्षा कार्यक्रमको लागि पछि सूचना प्रकाशित गरिने छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस