सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


१८ असार २०७८, शुक्रबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सप्तकोसी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले विगत कहिदिन यता सप्तकोसी नदीको बहावमा उतार चढाव भइरहेकोले ती क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन भनेको हो ।

सामान्यतया ५० देखि ७० हजार क्युसेक प्रतिसेकेन्ड पानी रहने कोसीको बहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । आज साँझपखको मापन अनुसार कोसी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्युसेक पानी बगिरहेको छ ।

ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्युसेक प्रतिसेकेन्ड बहाव मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् ।

नदीको बहावमा निरन्तर वृद्धि भइरहेको भए पनि सुनसरी जिल्ला प्रशासनले सप्तकोसी नदीको जल स्तरमा घटबढको क्रम जारी रहे पनि अहिले सम्म तटीय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ ।

सबै तटबन्ध सुरक्षित रहेको र नियमित अनुगमन समेत जारी रहेको प्रशासनले बताएको छ । निरन्तर वर्षा भइरहेको हुँदा नदीको बहाव जुन कुनै बेला बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस