सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त


१८ असार २०७८, शुक्रबार


काठमाडौँ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।

गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा लिने गरेका छन् । उनीसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ ।

Tags :
प्रतिक्रिया दिनुहोस