तनहुँमा खोलाले बगाएर ८० वर्षीय वृद्ध बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तनहुँमा खोलाले बगाएर ८० वर्षीय वृद्ध बेपत्ता


१८ असार २०७८, शुक्रबार


बालक बेपत्ता

दमौली । तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक वृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।

खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ती वृद्धको खोजीकार्य भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस