मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग


१८ असार २०७८, शुक्रबार


झापा । गोर्खा फाउन्डेशन नेपालले आज मेचीनगर नगरपालिकालाई ३० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । गोर्खा फाउण्डेशन युके र नेपालको संयुक्त सहयोगमा छ लाख बराबरको असिक्जन सिलिण्डरसहित स्वास्थ्य सुरक्षणका सामग्री हस्तान्तरण गरिएको हो ।

फाउन्डेशनका अध्यक्ष नगेन्द्र गुरुङले मेचीनगरका प्रमुख विमल आचार्यलाई सो सामग्री हस्तान्तरण गरेका छन् । मेचीनगरमा विभिन्न दातृ निकायले दिएको र नगर आफैँले खरीद गरेको असिक्जन सिलिण्डरको सङ्ख्या ९० बढी भएको नगरप्रमुख आचार्यले बताए ।

उनले नगरभित्र रहेका अस्पताल र स्वास्थ्य चौकीलाई आवश्यकताअनुसार आज प्राप्त भएका अक्सिजन सिलिण्डर वितरण गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस