एमालेको केन्द्रीय कमिटी बैठकमा बामदेव गौतम सहभागी हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेको केन्द्रीय कमिटी बैठकमा बामदेव गौतम सहभागी हुने


१८ असार २०७८, शुक्रबार


काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी हुने भएका छन् । अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएपछि उपाध्यक्ष गौतम बैठकमा सहभागी हुने भएका हुन् ।

साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले छुट्टै अभियान चलाउँदै आएका छन् । तर अध्यक्ष ओली एमालेकै पार्टी संरचना मान्न तयार भएको भन्दै गौतम बैठकमा सहभागी हुन बालुवाटार गएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वीकारेर बैठकमा सहभागी हुन नेताहरुलाई पत्र पठाएका छन् । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सबैलाई नवौं महाधिवेशनबाट निर्वाचित पदीय हैसियत सम्बोधन गरेर पत्र पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस