बागमती प्रदेशसभाका १०९ सदस्यलाई ध्यानाकर्षण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेशसभाका १०९ सदस्यलाई ध्यानाकर्षण


१८ असार २०७८, शुक्रबार


बागमती । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले बागमती प्रदेशका १०९ प्रदेशसभा सदस्यलाई ध्यानाकर्षण पत्र पठाएको छ । प्रदेश सरकारले आम सञ्चारगृह सञ्चालन गर्न बजेट विनियोजन गरेको प्रति असहमती जनाउँदै महासङ्घले सबै प्रदेश सभासदस्यहरूलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।

पत्रकार महासङ्घ बागमती प्रदेश समितिका उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारू मगरसहितको टोलीले बिहीबार केही प्रदेशसभा सांसदलाई भेटेर र अन्य सांसदलाई संसदीय दलको कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको हो ।

महासङ्घले सभामुख, उपसभामुख, संसदमा प्रतिनिधित्व गर्ने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदलाई ज्ञापनपत्र बुझाएको हो । एक सय १० सांसद रहेको प्रदेशसभामा सांसद पशुपति चौलागाईंको निधन भएकाले १०९ जना मात्रै रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस