२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युनिसेफद्वारा लिबियामा विद्यालय जाने बालबालिकाको सुरक्षाप्रति चासो व्यक्त

अ+ अ-

त्रिपोली । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले लिवियामा सशस्त्र द्वन्द्वका कारण विद्यालयस्तरका बालबालिकाको सुरक्षामा चिन्ता व्यक्त गरेको छ ।

‘जुन २६ मा विद्यालयनजिकै भएको गोली काण्डमा दुई बच्चाहरू घाइते भएका पुष्टि भएकोमा एक जना गम्भीर घाइते भएका थिए । यी दुई बच्चाहरू साथीहरूसँग विद्यालय जाँदा त्रिपोलीको पश्चिममा रहेको जावाराको अल–जादीदा नगरपालिकामा गोली चलेको कारण घाइते भएका थिए । उनीहरू विद्यालय बाहिर बन्दुकधारीबीच झगडा हुँदा घाइते भएका यूुनिसेफद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघीय यस निकायले विद्यालय जाँदा आउँदासमेत बालबालिका घाइते हुने अवस्था रहेको भन्दै उनीहरूको सुरक्षाका लागि लिवियाली सरकार, विपक्षी दल त्यहाँ कार्यरत अधिकारबादी संघसंस्थालगायत सम्बद्ध सबैको ध्यानाकर्षण गरेको छ ।

यूनिसेफले भनेको छ, “लिबियामा शान्तिको प्रक्रिया सूरु भएपछि पनि नागरिक र बच्चाहरूसमेत गोलीको शिकार हुनुपर्ने अवस्था रहेको छ । यसप्रति स्वदेशी तथा अधिकारवादी अन्तर्राष्ट्रिय सबै पक्ष संबेदनशील बन्न आवश्यक भएको छ ।’

युनिसेफले अक्टूबर २०२० मा हस्ताक्षर गरेको युद्धविराम सम्झौताको कडाईका साथ पालना गर्न र दिगो शान्तिको लागि काम गर्न लिबियाका अधिकारी र द्वन्द्वरत सशस्त्र समूहसँग पुन्ः आग्रह गरेको हो ।

युनिसेफले भनेको छ, ‘बच्चाहरू सिक्न, बढ्न, खेल्न र सुरक्षित रहन सक्ने विद्यालयहरू सुरक्षित स्थानहरू हुनुपर्दछ । अभिलेखहरूले लिबियाली हिंसाले बच्चाहरूमा गहिरो र दिगो प्रभाव पारेको देखाएका छन् ।’

२०११ मा उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ समर्थन प्राप्त विद्रोही समूहले देशको लामो समयका नेता मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरेपछि उत्तर अफ्रिकी देश असुरक्षा र अशान्तिमा परेको छ । गद्दाफीको सत्ताबाट हटाइएपछि गरिएको कारबाहीमा मृत्यु भएको थियो ।