युनिसेफद्वारा लिबियामा विद्यालय जाने बालबालिकाको सुरक्षाप्रति चासो व्यक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

युनिसेफद्वारा लिबियामा विद्यालय जाने बालबालिकाको सुरक्षाप्रति चासो व्यक्त


१८ असार २०७८, शुक्रबार


त्रिपोली । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले लिवियामा सशस्त्र द्वन्द्वका कारण विद्यालयस्तरका बालबालिकाको सुरक्षामा चिन्ता व्यक्त गरेको छ ।

‘जुन २६ मा विद्यालयनजिकै भएको गोली काण्डमा दुई बच्चाहरू घाइते भएका पुष्टि भएकोमा एक जना गम्भीर घाइते भएका थिए । यी दुई बच्चाहरू साथीहरूसँग विद्यालय जाँदा त्रिपोलीको पश्चिममा रहेको जावाराको अल–जादीदा नगरपालिकामा गोली चलेको कारण घाइते भएका थिए । उनीहरू विद्यालय बाहिर बन्दुकधारीबीच झगडा हुँदा घाइते भएका यूुनिसेफद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघीय यस निकायले विद्यालय जाँदा आउँदासमेत बालबालिका घाइते हुने अवस्था रहेको भन्दै उनीहरूको सुरक्षाका लागि लिवियाली सरकार, विपक्षी दल त्यहाँ कार्यरत अधिकारबादी संघसंस्थालगायत सम्बद्ध सबैको ध्यानाकर्षण गरेको छ ।

यूनिसेफले भनेको छ, “लिबियामा शान्तिको प्रक्रिया सूरु भएपछि पनि नागरिक र बच्चाहरूसमेत गोलीको शिकार हुनुपर्ने अवस्था रहेको छ । यसप्रति स्वदेशी तथा अधिकारवादी अन्तर्राष्ट्रिय सबै पक्ष संबेदनशील बन्न आवश्यक भएको छ ।’

युनिसेफले अक्टूबर २०२० मा हस्ताक्षर गरेको युद्धविराम सम्झौताको कडाईका साथ पालना गर्न र दिगो शान्तिको लागि काम गर्न लिबियाका अधिकारी र द्वन्द्वरत सशस्त्र समूहसँग पुन्ः आग्रह गरेको हो ।

युनिसेफले भनेको छ, ‘बच्चाहरू सिक्न, बढ्न, खेल्न र सुरक्षित रहन सक्ने विद्यालयहरू सुरक्षित स्थानहरू हुनुपर्दछ । अभिलेखहरूले लिबियाली हिंसाले बच्चाहरूमा गहिरो र दिगो प्रभाव पारेको देखाएका छन् ।’

२०११ मा उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ समर्थन प्राप्त विद्रोही समूहले देशको लामो समयका नेता मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरेपछि उत्तर अफ्रिकी देश असुरक्षा र अशान्तिमा परेको छ । गद्दाफीको सत्ताबाट हटाइएपछि गरिएको कारबाहीमा मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस