पाण्डे सचिवमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाण्डे सचिवमा बढुवा


१७ असार २०७८, बिहिबार


काठमाडौँ । सरकारले गणेशप्रसाद पाण्डेलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार अपराह्न सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले पाण्डेसहित मधुसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस