सशस्त्र प्रहरीमा डिआइजी बढुवा प्रक्रिया सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सशस्त्र प्रहरीमा डिआइजी बढुवा प्रक्रिया सुरु


१७ असार २०७८, बिहिबार


काठमाडौँ । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआइजी)को बढुवा प्रक्रिया सुरु भएको छ।

सशस्त्र प्रहरी बल मुख्यालयले रिक्त २ डिआइजी पदका लागि डीआईजी बढुवाको लागि सूचना प्रकाशित गरेको हो ।

बढुवाको दौडमा एसएसपी त्रय कालीदास धौबजी, कुमार न्यौपाने र विदुर खड्का रहेका छन् । उनीहरू तीनै जना २०७५ पुस २० गते एसएसपीमा बढुवा भएका थिए ।

धौबजी, न्यौपाने र खड्काले नेपाल प्रहरीमा प्राविधिकका रूपमा सेवा प्रवेश गरेका थिए। धौबजी २०५२ असोज २५ , न्यौपाने २०५२ फागुन १ गते र खड्काले २०५० भदौ १ गते नेपाल प्रहरीको सईमा प्रवेश गरेका थिए। पछि उनीहरू सशस्त्र प्रवेश गरेका थिए।

भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक पनि डिआइजीको प्रतिस्पर्धीमा छन् ।

बुधवार रिक्त ३ दरबन्दीमा तीन दिनभित्र आवेदन दिन बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी बल नेपालले सूचना जारी गरेको छ । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम १ क बमोजिम साधारण समूहतर्फ बढुवाका सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)लाई आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत अन्य आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्याङ्कन फारम भरेर ३ दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा पेस गर्न सूचना जारी गरिएको हो ।

सशस्त्र प्रहरी नियमावली २०७२ मा डीआईजीपी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा ३ सदस्यीय बढुवा समिति रहेको छ। जसमा गृह सचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक(आइजिपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस