ओलीले बोलाएको बैठकमा नेपाल समूह नजाने निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीले बोलाएको बैठकमा नेपाल समूह नजाने निर्णय


१७ असार २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको छ । उक्त समूहका नेताहरुले सो बैठकमा सहभागी नहुने निर्णय गरेको बताइएको छ ।

सो बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।

सोही विषयमा छलफल गर्न बिहीबार नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो । तर, बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने नेपाल समूहले निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस