एमाले बैठकमा खनाल र नेपालसहितका नेताहरूलाई बोलाइयाे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले बैठकमा खनाल र नेपालसहितका नेताहरूलाई बोलाइयाे


प्रशासन संवाददाता

१७ असार २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्राचार गरिएको छ ।

एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार (भोली) बिहान ११ बजे बस्दै छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव नेपाल समूहका नेतालाई बोलाएका थिएनन् ।

तर शुक्रबारको बैठकबारे सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस