‘नेपाल राष्ट्र बैङ्कको आधिकारिक फेसबुक छैन, नक्कली आइडीबाट अफवाह फैलाइयो’ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

‘नेपाल राष्ट्र बैङ्कको आधिकारिक फेसबुक छैन, नक्कली आइडीबाट अफवाह फैलाइयो’


१७ असार २०७८, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आफ्नो कुनै पनि आधिकारिक फेसबुक नभएको जानकारी दिँदै नक्कली फेसबुक बनाएर अफवाह फैलाइएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

बैङ्कले फेसबुक पेजमार्फत कुनै पनि प्रकारको सूचना, जानकारी तथा आह्वान नगरिएको बताएको छ । अनधिकृत रूपमा बनाइएको फेसबुक पेजबाट कुनै पनि सूचना नलिन आग्रह बैङ्कले गरेको छ ।

बैङ्कले राष्ट्र बैङ्कको नाममा फेसबुक बनाई भ्रामक जानकारी तथा सूचना पोस्ट भइरहेको भन्दै अनधिकृत रूपमा राष्ट्र बैङ्कको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोस्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

राष्ट्र बैङ्कले बैङ्कको नाममा बनाइएको अनधिकृत फेसबुक पेजबाट फैलाइएको भ्रामक पोस्टमा विश्वास नगर्न पनि अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस