प्रतिनिधिसभा विघटन मुद्दा : प्रधानमन्त्रीको तर्फबाट बहस जारी « प्रशासन
Logo २० मंसिर २०७८, सोमबार
   

प्रतिनिधिसभा विघटन मुद्दा : प्रधानमन्त्रीको तर्फबाट बहस जारी


१७ असार २०७८, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् । प्रधानमन्त्रीको तर्फबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् ।

प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको सम अब ४ घण्टा ३३ मिनेट बाँकी छ । प्रधानमन्त्रीको तर्फबाट बुधवार वरिष्ठ अधिवक्ता सुशिल पन्त, डा. सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

अब सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस