चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा


प्रशासन संवाददाता

१७ असार २०७८, बिहिबार


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको आज १०० वर्ष पुरा भएको छ । चीनले एक सय वर्ष पुगेको अवसरमा उत्सव मनाइरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् ।

चिनियाँ राष्ट्रपति सिले सम्बोधनका क्रममा चीनलाई समाजवादले मात्रै बचाउन सक्ने बताएका छन् । चीनको विकासको केन्द्रविन्दुमा कम्युनिस्ट पार्टी रहेको बताउँदै उनले कम्युनिस्ट पार्टीबाट मानिसहरूलाई अलग गर्ने प्रयास विफल हुने दाबी गरे ।

बुधवार बिहान टियानान्मेनमा पार्टीको एक सयौँ वर्षगाँठ मनाउन करिब ७० हजार मानिसहरू उपस्थित भएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ जुलाई १ तारिखमा भएको थियो । पार्टी तथा जनसङ्घर्षको नेतृत्व गरेका अध्यक्ष माओ चतुङले सन् १९४९ को अक्टोबर १ तारिख राजधानी बेइजिङस्थित थ्यानआनमन चोकमा जनगणतन्त्र चीनको घोषणा गरेका थिए। लामो समयको गृहयुद्धपछि ७२ वर्ष अघि चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस