काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै


१७ असार २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पार्टी सभापति शेर बहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

बैठकमा काँग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरू र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरू सहभागी हुनेछन् । पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने बताइएको छ ।

काँग्रेसको २४ औँ महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौँमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस