राष्ट्रियसभाको आठौँ अधिवेशन आज, विभिन्न अध्यादेश पेस हुने तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रियसभाको आठौँ अधिवेशन आज, विभिन्न अध्यादेश पेस हुने तयारी


१७ असार २०७८, बिहिबार


काठमाडौँ । आज राष्ट्रिय सभाको आठौँ अधिवेशन सुरु हुने भएको छ । आज दिउँसो ४ बजे आठौँ अधिवेशनको पहिलो बैठक बस्ने छ ।

आजको बैठकमा संवैधानिक परिषद् र सपथसम्बन्धी अध्यादेश, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन)लगायत विभिन्न अध्यादेश पेस हुने जनाइएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले यसअघि नै बैठक सञ्चालनबारे विपक्षी दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग परामर्श गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस