सडक बोर्ड नेपालमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सडक बोर्ड नेपालमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान


प्रशासन संवाददाता

१७ असार २०७८, बिहिबार


काठमाडौँ । सडक बोर्ड नेपालको कार्यकारी निर्देशकका लागि दरखास्त माग गरिएको छ ।

खुल्ला प्रतिस्पर्धाद्वारा नियुक्ति गर्नको लागि सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम दरखास्त आह्वान गरिएको सडक बोर्ड नेपालले जानकारी दिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा रितपूर्वकको दरखास्त पेस गर्न भनिएको छ ।

उम्मेदवारको न्यूनतम योग्यता इन्जिनियरिङ वा व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको हुनुपर्ने छ ।

नियुक्ति अवधि चार वर्षको हुने भनिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस