खरिदार वा सो सरह पदको नयाँ पाठ्यक्रम सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खरिदार वा सो सरह पदको नयाँ पाठ्यक्रम सार्वजनिक


१७ असार २०७८, बिहिबार


काठमाडौँ । अप्राविधिक तर्फका न्याय, प्रशासन, लेखापरीक्षण र संसद् सेवा, राजपत्र अनङ्कित द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक भएको छ ।

लोक सेवा आयोगले आर्थिक वर्ष २०७७/७८ को विज्ञापनबाट लागू हुने गरी नयाँ पाठ्यक्रम सार्वजनिक गरेको हो ।

नयाँ पाठ्यक्रममा प्रथम पत्र सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण, द्वितीय पत्रमा कार्यालय व्यवस्थापन र तृतीय पत्रमा कार्यसम्बन्धी विषय राखिएको छ ।

यसअघिको विज्ञान गणित भने हटाएको छ ।

नयाँ पाठ्यक्रम २०७७/०७८ को विज्ञापन भएका परीक्षादेखि लागू हुने भनिएको छ ।

प्रथम पत्र

द्वितीय पत्र

तृतीय पत्र

Tags :
प्रतिक्रिया दिनुहोस