नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध


१७ असार २०७८, बिहिबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस