बाल आइसियु बनाउन नारायणी अस्पताललाई गैरआवासीय नेपालीको सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाल आइसियु बनाउन नारायणी अस्पताललाई गैरआवासीय नेपालीको सहयोग


१७ असार २०७८, बिहिबार


लण्डन । गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए ।

परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै सोही प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले स्वीकृत गरेपछि बाल आइसियु बन्ने काम अगाडि बढेको हो ।

गैरआवासीय नेपाली सङ्घका केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठलाई सङ्घका पूर्वअध्यक्ष भवन भट्टले उक्त रकम र अन्य स्वास्थ्य सामग्री राष्ट्रिय परिषद् जापानको कार्यलयमा हस्तारण गरेका थिए । देशमा आपत विपत पर्दा विदेशमा रहेर पनि नेपालमा निरन्तर सहयोग गर्ने गैरआवासीय नेपाली सङ्घप्रति नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा वीरेन्द्रबहादुर प्रधानले धन्यपाद व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस