अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित


१६ असार २०७८, बुधबार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान गरेको छ ।

अन्तरजातीय विवाह गरेका चौतारा साँगाचोकगढी नगरपालिका–९ का युनिक विक पोखरेल र राधिका गिरी, वडा नं. ५ का कृष्ण विक र शर्मिला नेपालीलाई नगद पाँच/पाँच हजारसहित नगरप्रमुख अमानसिं तामाङले सम्मान गरेका हुन्

नगरस्तरीय दलित समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा दलित समुदायबाट शहिद हुने गोरेबहादुर पुर्कोटी, मोहन विक र निरबहादुर विकको परिवारलाई पनि पाँच/पाँच हजारसहित सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस