विकास बैंक र वित्त उपसमूहका शेयरमा लगानीकर्ताको आकर्षण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विकास बैंक र वित्त उपसमूहका शेयरमा लगानीकर्ताको आकर्षण


१६ असार २०७८, बुधबार


काठमाडौँ । उतारचढावपूर्ण अवस्थामा रहेको धितोपत्र बजारमा आज विकास बैंक र वित्त उपसमूहका शेयरमा आकर्षण देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सो कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि देखिएको छ । यस्तै, सेन्ट्रल फाइनान्स ९.९७, नेपाल फाइनान्स ९.८६, मल्टीपर्पोज फाइनान्स कम्पनी ९.५७ र प्रोगेसिभ फाइनान्स कम्पनीको शेयरधनीले ९.६८ प्रतिशतले नाफा आर्जन गरेका छन् । वित्त उपसमूहको शेयरमा ११८.७८ बिन्दुको वृद्धि देखिएको छ । यस्तै विकास बैंक उपसमूहको शेयरमा १३६.९६ बिन्दुको सुधार देखिएको छ ।

नेप्सेका अनुसार नेप्सेमा भने ४.१३ बिन्दुले ओरालो लागेर दुई हजार ८२३.८७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ बिन्दुले घटेर ५२२.३७ मा पुगेको छ । कूल २२० कम्पनकिो एक करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर रु पाँच अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ मूल्यमा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब २३ अर्ब पाँच करोड ४२ लाख ६५ हजार ८५६ बराबर पुगेको छ ।

कारोवार भएका १३ उपसमूह मध्ये बुधबार सात उपसमूहको शेयर ओरालो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ४.०८, व्यापार २२.४६, होटल तथा पर्यटन ४९.६८, लघुवित्त ४७.६, जीवन बीमा ११२.४८, सामूहिक लगानी कोष ०.०९ र लगानी २.३९ बिन्दुले घटेको छ । यस्तै, विकास बैंक १३६.९६, जलविद्युत् २.९४, वित्त ११८.७८, निर्जीवन बीमा ५.६३, उत्पादन ५७.०९ र अन्य उपसमूहको शेयर १८.३१ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा नेपाल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३० करोड ४२ लाख ५८ हजार १९२ बराबरको कारोवार भयो । त्यस्तै, एनएलजी इन्स्योरेन्स रु २१ करोड ६९ लाख ९४ हजार ८०२, नेशनल हाइड्रोपावर रु १८ करोड ७६ लाख २६ हजार ४७०,नेपाल पुनरबीमा कम्पनी रु १४ करोड ७६ लाख तीन हजार ३१२ र ज्योति विकास बैंक रु १३ करोड ८१ लाख ९० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । उता, एचआइडिसिएल ४.२८, खानीखोला हाइड्रोपावर ३.३५, गणपति माइक्रोफाइनान्स ३.२६, सबैको लघुवित्त २.९५ र सोल्टी होटलका लगानीकर्ताले २.६४ प्रतिशतले गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस