अपरिचित व्यक्तिलाई बैंक खाता नदिन आग्रह « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अपरिचित व्यक्तिलाई बैंक खाता नदिन आग्रह


१६ असार २०७८, बुधबार


काठमाडौँ । नेपाल बैंकर्स संघले आफ्नो बैंक खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले विवरण मागेर पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भइरहेको भन्दै संघले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय विभिन्न पुरस्कार दिने तथा कोरोना बीमाको रकम आयो भन्दै बैंक खाता नम्बर माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस