प्रतिनिधि सभामाथिको हमलाले संसदीय शासन प्रणालीमाथि प्रहार भएको छ : सभामुख सापकोटा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रतिनिधि सभामाथिको हमलाले संसदीय शासन प्रणालीमाथि प्रहार भएको छ : सभामुख सापकोटा


१६ असार २०७८, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभामाथि पटक पटक भएको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै हमला भएको बताएका छन् ।

बुधवार संसद् दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले संविधानमार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधिसभामाथिको पटक पटकको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशङ्का उत्पन्न भएको बताएका हुन्।

उनले भने, ‘संविधान सभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशङ्का उत्पन्न भएको छ ।’

यस्तै सङ्घ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई बलियो पार्न सके मात्र सङ्घीय शासन प्रणाली कार्यान्वयनमा बल पुग्ने सभामुख सापकोटाको भनाइ छ ।

‘यस वर्ष संसद् दिवस मनाउँदै गर्दा हामीले चौतर्फी सङ्कट बेहोरिरहेका छौँ । कोभिड सङ्कट जारी रहँदा यस बिचमा सङ्घीय संसद्, प्रतिनिधिसभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको अवस्था छ । गहिरिँदो राजनीतिक सङ्कटका बीच हामी मौसमजन्य विपत्तिको पनि सामना गरिरहेका छौँ’ उनले विज्ञप्तिमा भनेका छन् ।

उनले संसद् सदस्य, संविधानसभाका सदस्य, पूर्व सांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैलाई संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस