प्रतिनिधिसभा विघटन मुद्दा : आज पनि सरकारी वकिलहरूको बहस जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा विघटन मुद्दा : आज पनि सरकारी वकिलहरूको बहस जारी


१६ असार २०७८, बुधबार


काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा आज पनि संवैधानिक इजलासमा सरकारी वकिलहरूले बहस गरिरहेका छन् । बुधवार सरकार पक्षबाट सह–न्यायाधिवक्ता गोपाल प्रसाद रिजालले बहस सुरु गरेका छन् । उनलाई १५ मिनेट समय दिइएको छ ।

आज महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, सञ्जीवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता दशरथ पङ्गेनीले बहस गर्नेछन् । उनीहरूले ५५ मिनेट भित्र बहस सक्ने छन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले बहस गर्नेछन् । प्रधानमन्त्रीका कानुन व्यवसायीलाई बहसका लागी ७ घण्टा समय छुट्याइएको छ ।

सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि, काँग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट जवाफी बहस हुनेछ ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गर्न प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईसहितको संवैधानिक इजलास गठन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस