पाकिस्तानद्वारा सहायता रकम हस्तान्तरण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पाकिस्तानद्वारा सहायता रकम हस्तान्तरण


१६ असार २०७८, बुधबार


काठमाडौँ । पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ वित्तीय सहयोग गरेको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई मङ्गलबार अपराह्न उक्त रकमको चेक हस्तान्तरण गरेको यहाँस्थित पाकिस्तानी राजदूतावासले आज जनाएको छ ।

‘नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क–कोभिड–१९) आपत्कालीन कोषमार्फत उपलब्ध गराउन गरेको प्रतिबद्धताअन्तर्गतको हो’, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा उदारतापूर्वक सहायता गरेकामा नेपाल सरकारका तर्फबाट सचिव बरालले पाकिस्तान सरकारप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

May be an image of text

Tags :
प्रतिक्रिया दिनुहोस