कार दुर्घटनामा सहप्राध्यापकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कार दुर्घटनामा सहप्राध्यापकको मृत्यु


प्रशासन संवाददाता

१६ असार २०७८, बुधबार


काठमाडौँ । कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । मङ्गलवार लु१७च६०६६ नम्बरको कारमा रुपन्देहीको देवदह चरङ्गेबाट बुटवलतर्फ जाँदै गर्दा दुर्घटनामा परी भण्डारीको मृत्यु भएको हो ।

५२ वर्षीय भण्डारीले आफैले चलाइरहेको कार राति करिब साढे ८ बजे सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना भए लगत्तै भण्डारीलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुर्‍याइएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

कारमा उनका आफन्त थानेश्वर भट्टराई पनि सवार रहेको र उनलाई भने चोटपटक नलाएको प्रहरीले जानकारी दिएको छ ।

केही समय अघि परीक्षा नियन्त्रण कार्यालयको सह नियन्त्रकको रूपमा काम गरेका भण्डारी अहिले त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस