यस्तो छ लोक सेवाको परीक्षा तालिका « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्तो छ लोक सेवाको परीक्षा तालिका


प्रशासन संवाददाता

१६ असार २०७८, बुधबार


काठमाडौँ। लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । पदाधिकारी नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा दशैँ अगाडी सञ्चालन हुने गरी आयोगले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

खरिदारदेखि सहसचिवसम्मको परीक्षा स्थगित हुादै आएको थियो । आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो ।

आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगयतको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

रोकिएका परीक्षा नियमित रूपमा सञ्चालन गर्नआयोगलाई तीनदेखि चार महिनासम्म लाग्ने छ ।

अघिल्लो वर्षका बाँकी अधिकांश परीक्षा असोजसम्म सक्ने कार्यतालिका रहेको छ । लोक सेवा आयोगले लिने सङ्गठित संस्थाहरूको विज्ञापन भइसकेको परीक्षा पनि सँगसँगै गरिने बताइएको छ ।

परीक्षा तालिका :

 

Tags :
प्रतिक्रिया दिनुहोस