आजदेखि मनसुन थप सक्रिय हुने‚ बाढीपहिरोको जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आजदेखि मनसुन थप सक्रिय हुने‚ बाढीपहिरोको जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह


१६ असार २०७८, बुधबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज (बुधबार)देखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा आजदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार आज मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू-भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको छ । उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ । यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ ।

मनसुनी वायुको सक्रिय प्रभाव र तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले बुधबार बिहान देशभर मौसम बदली रहेको छ। प्रदेश १, प्रदेश २‚ बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षा तथा एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ । विभागले बाढीपहिरोको जोखिम क्षेत्रमा रहेका सम्पुर्णलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस