जर्मनीलाई २-० ले हराउँदै इंग्ल्याण्ड युरोकपको क्वार्टरफाइनलमा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

जर्मनीलाई २-० ले हराउँदै इंग्ल्याण्ड युरोकपको क्वार्टरफाइनलमा


१६ असार २०७८, बुधबार


काठमाडौं । जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलको यात्रा तय गर्न सफल भएको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो ।

पहिलो हाफ बराबरीमा सकिएको थियो। दुवै देशले केही राम्रा अवसर सदुपयोग गर्न सकेनन्। तर दोस्रो हाफमा (७५ मिनेट) म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टर्लिङले पहिलो गोल गरे। दोस्रो गोल कप्तान ह्यारी केनले ८६ मिनेटमा गरे।

८० मिनेटमा जर्मनीनका थोमस मुलरले वान भर्सेन वानको अवस्था गोल गर्न सकेनन्। जारी प्रतियोगितामा इंग्ल्याण्डले मात्र ४ गोल गरेको छ। ३ गोल उनै स्टर्लिङले गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस