आधिकारिकता विवाद टुंग्याउन जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आधिकारिकता विवाद टुंग्याउन जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो


१५ असार २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ।

आधिकारिताको विवाद समाधान गर्न आयोगले दुवै पक्षलाई छलफलमा बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। दुवै पक्षको दाबीपछि विवाद समाधानका लागि असार २२ गते बिहान ११ बजेका लागि बोलाएका प्रबत्ता श्रेष्ठले बताए । दुवै पक्षलाई उपस्थितिका लागि पत्र पठाइएको र महन्थ ठाकुर पक्षबाट ​पत्रको जवाफ प्राप्त भइसकेको उनको भनाइ छ ।

अध्यक्ष उपेन्द्र यादव समूहले बहुमत केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षरसहित आधिकारिकता दाबी गरेको थियो। त्यो दाबीपछि आयोगले अर्का अध्यक्ष महन्थ ठाकुर समूहसमक्ष १५ दिनभित्र जवाफ मागेको थियो। ठाकुर पक्षले आइतबार आयोगमा जवाफ बुझाइसकेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने या बहिर्गमन भन्ने विषयमा विवाद चुलिँदा अनौपचारिक रूपमा विभाजन भइसकेको छ। अध्यक्ष ठाकुर पक्ष ओली सरकारको पक्षमा उभिएको थिए। उनीहरू सरकारमा गए पनि सर्वोच्च अदालतको निर्णयपछि बाहिरिनुपरेको थियो।

यता अर्का अध्यक्ष यादव समूह ओली सरकार बहिर्गमनको प्रयासरत विपक्षी गठबन्धनमा सामेल छन्।

Tags :
प्रतिक्रिया दिनुहोस