प्रदेश २ को प्रदेशसभा बैठक ८ दिनलाई स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ को प्रदेशसभा बैठक ८ दिनलाई स्थगित


१५ असार २०७८, मंगलबार


जनकपुरधाम । प्रदेश:२ को प्रदेशसभा बैठक बस्दै नबसी स्थगित भएको छ । मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

प्रदेशसभामा गत असार १ गते प्रस्तुत गरिएको आगामी आ.ब. २०७८/७९ को बजेटमाथि छलफल गर्ने गरी मंगलबारको बैठक आह्वान गरिएको थियो । अब बैठक असार २३ गते बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । बजेट प्रस्तुतिपछि त्यहीं दिन बसेको अर्को बैठक विपक्षी सांसदले अवरुद्ध गरेका थिए ।

संसदीय विकास कोषको रकम बृद्धि नगरेको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेपछि मंगलबारका लागि बैठक आह्वान गरिएको थियो । तर, संसदीय विकास कोषको रकम वृद्धिबारे प्रदेश सरकारले छलफल नगरेपछि बैठक पुनः अवरुद्ध हुने आशंकामा प्रदेश सभा बैठक सारिएको हो ।

विपक्षी दलका सांसदले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई २ करोड ५० लाख उपलब्ध गराउन माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस