काठमाडौँ उपत्यकाभित्र आजदेखि सार्वजनिक यातायात चल्ने, खुल्यो बजार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ उपत्यकाभित्र आजदेखि सार्वजनिक यातायात चल्ने, खुल्यो बजार


१५ असार २०७८, मंगलबार


काठमाडौँ । उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ।

जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको हो ।

कोरोना भाइरस जोखिम कायमै रहेको भन्दै काठमाडौँ उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय सोमबार गरेका थिए।

उपत्यकाको निषेधाज्ञा भने एक साता थप गरिएको छ। २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायात सञ्चालन हुन पाउँछन्।

यसअघिदेखि नै निजी सवारी साधनलाई पनि जोर–बिजोर प्रणालीअनुसार सञ्चालन हुन दिइएको छ । गत वैशाख १६ देखि काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञा गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस