न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक


१५ असार २०७८, मंगलबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौँ । न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले सोमबार २०७७ पुस १५, १६ र १७ गते लिएको न्याय सेवाको न्याय, कानून र सरकारी वकील समूहको राजपत्र तृतीय(शाखा अधिकृत वा सो सरह)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले खुल्लातर्फ एक सय ३६, महिला तर्फ ३७, आदिवासी जनजाती ३०, मधेसी ३०, दलित ११, अपाङ्ग६ र पिछडिएको क्षेत्रबाट ५ पदका लागि खोलेको थियो । जसमध्ये लिखित परीक्षामा क्रमश एक सय ७९, एक सय ४, ४८, २१, १३, १५ र १६ जनाले लिखित परीक्षामा नाम निकालेका छन् ।

आयोगले लिखित परीक्षामा सफल उम्मेदवारलाई सात दिन भित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा फोटो, प्रमाणपत्र तथा अ न्य आवश्यक कागजातहरु बुझाउन भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस