गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बास्तोला नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बास्तोला नियुक्त


१४ असार २०७८, सोमबार


पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार बास्तोलालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

पोखरा महानगरपालिका–११ का बास्तोला २५ वर्षदेखि पोखरामा कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएसन पोखराका पूर्वअध्यक्ष रहेका उनी डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीका पनि पूर्वअध्यक्ष हुन् ।

यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्तामा राजेन्द्र घिमिरे थिए । गुरुङ पदमुक्त भएलगत्तै उनले राजीनामा दिएका थिए । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो ।

Tags :
प्रतिक्रिया दिनुहोस