चट्याङ्ग लागेर दुईको मृत्यु « प्रशासन
Logo ३१ भाद्र २०७८, बिहिबार
   

चट्याङ्ग लागेर दुईको मृत्यु


१४ असार २०७८, सोमबार


जलेश्वर । वर्षासँगै परेको चट्याङ्ग लागेर मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय छन् ।

जिल्ला प्रहरी कार्यालयक महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृत्युभएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस