भोलि कर्णाली प्रदेश सरकारले धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भोलि कर्णाली प्रदेश सरकारले धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने


प्रशासन संवाददाता

१४ असार २०७८, सोमबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ भोली अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार (आज) सूचना जारी गर्दै मंगलबार जुम्लाबाहेकका जिल्लामा सार्वजनिक दिने जानकारी दिएको छ । प्रदेशका १० जिल्लामध्ये जुम्लाबाहेकका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थाहरू बन्द हुनेछन् ।

असार १५ दही–चिउरा खाएर मनाउने चलन छ । यस दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा समेत लिइन्छ । धान दिवसको दिनमा कृषिलाई प्रवर्द्धन गर्नका लागि पनि सार्वजनिक बिदा दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस