निषेधाज्ञा एक साता थप, भोलिदेखि किराना र खाद्यान्न पसल दिनभर खुल्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निषेधाज्ञा एक साता थप, भोलिदेखि किराना र खाद्यान्न पसल दिनभर खुल्ने


१४ असार २०७८, सोमबार


काठमाडौँ । मङ्गलवारदेखि काठमाडौँ उपत्यकामा किराना तथा खाद्यान्न पसलहरू दिनभर खुल्ने भएका छन् ।

सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

यस्तै यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् । सर्तसहित पसलहरू सञ्चालन गर्न अनुमति दिने निर्णय भएको हो ।

निषेधाज्ञा पनि थप एक साता थपिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस