प्रतिनिधिसभा विघटन मुद्धा : आजदेखि सरकारी पक्षको बहस « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभा विघटन मुद्धा : आजदेखि सरकारी पक्षको बहस


१४ असार २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज (सोहबार) बाट सरकारी पक्षको बहस शुरु हुने भएको छ ।

संवैधानिक इजलासले निवेदक पक्षलाई दिइएको १२ घण्टाको समय हिजो (आइतार )सकिएपछि आजबाट सरकारी पक्षको बहस शुरु हुने भएको हो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए ।

इजलासले सरकारी पक्षलाई १५ घण्टा बहस गर्न समय तोकिएको छ । त्यसपछि सभामुखका कानून व्यवसायीले एक घण्टाको समय पाउने छन् । त्यसपछि निवेदक पक्षले जवाफ दिने छन् । जवाफ सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुनेछ । यी सबै बहसपछि मात्रै अदालतले अन्तिम फैसला गर्नेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिने बताइएको छ ।

प्रतिनिधिसभा विघटन विवादमा ३० वटा रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्न माग गर्दै अदालतमा ती निवेदनहरु दर्ता गराइएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस