उपत्यकामा सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउन दिने तयारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपत्यकामा सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउन दिने तयारी


१३ असार २०७८, आइतबार


काठमाडौँ । उपत्यकाका तीन जिल्लामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी रहेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भएको छ । यद्यपि निर्णय भने भइसकेको छैन ।

उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृह मन्त्रालयको निर्णय आइसकेको छैन ।

उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय गरेको थियो । थपिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राति १२ बजेबाट सकिँदै छ । पछिल्लो निषेधाज्ञा थप्दा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर–बिजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस