जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालय बुधबारदेखि खुल्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालय बुधबारदेखि खुल्ने


१३ असार २०७८, आइतबार


बैतडी ।  जिल्ला प्रशासन कार्यालयलगायत यहाँका सबै सरकारी कार्यालयले बारअनुसार सेवा दिने भएका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएपछि बन्द गरेका जिल्लास्थित सबै सरकारी कार्यालयले आगामी बुधबारदेखि बारअनुसारका सेवा दिने भएका छन् ।

कोरोनाको सङ्क्रमणदर बढेसँगै गत वैशाखदेखि बन्द भएका सेवा यही असार १६ गतेदेखि नियमित रुपमा पुनःसञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयसहित अन्य कार्यालयले दिने सेवा नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको छ । फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने निर्णय भएको छ ।

कोरोना सङ्क्रमणको दर घटे पनि जोखिम कायमै रहेकाले भीडभाड कम गर्न बारअनुसारको सेवा प्रवाह गर्न लागिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको भनाइ छ । जिल्लामा गत वैशाख २० गतेदेखि शुरु भएको निषेधाज्ञा यही असार १५ गते सकिँदैछ । कोरोना सङ्क्रमणका कारण जिल्लामा हालसम्म १८ व्यक्तिको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस