पहिरोले पाइप बगाउँदा खानेपानीको अभाव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पहिरोले पाइप बगाउँदा खानेपानीको अभाव


१३ असार २०७८, आइतबार


बैतडी । पहिरोले खानेपानीको संरचनामा क्षति पुर्‍याएपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा खानेपानीको हाहाकार भएको छ । गाउँमा ल्याइएको एक मात्र खानेपानी लाइनमा पहिराले क्षति पुर्‍याएसँगै दुई सय घर परिवार खानेपानीबाट वञ्चित भएका छन् ।

गत शुक्रबारको पहिरोले सूर्नया गाउँपालिका–३ धरमघरमा खानेपानी संरचनामा क्षति पुर्‍याएको खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताइन् । पहिरोले खानेपानी लाइन करिब ३÷४ सय मिटरमा क्षति पुर्‍याएको छ ।

बिस किलोमिटर टाढाको मुहानबाट लगिएको खानेपानीको मुख्य लाइनमा क्षति पुगेपछि गाउँमा निकै समस्या भएको स्थानीय केशव भट्टले बताए
। खानेपानी पुनः सञ्चालन गर्न पहल भइरहेको चडेपानी खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस